प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रीपरिषद् विस्तार गर्नुहुने भएको छ ।
सरकारमा सहभागी दलहरूसँगको छलफलपछि भोलि साँझसम्म मन्त्रीपरिषद् विस्तार गर्नुहुने प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिनुभयो ।
यही पुस २६ गते विश्वासको मत लिएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलहरूसँग छलफल थाल्नुभएको हो ।