विश्वकप छनोट र उमेर समूहको फुटबलमा राम्रो नतिजा निकाल्न नसक्दा फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । बिहिबार सार्वजनिक गरिएको वरियतामा नेपाल ९७४ अंकका साथ १७१ औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १६७ स्थानमा थियो । दक्षिण एशियामा नेपालभन्दा माथि मालदिभ्स १५५ औं, अफगानिस्तान १४९ औं, भारत १०८ औं स्थानमा छन् । दक्षिण एशियामा सबैभन्दा माथिल्लो स्थानमा भारत रहेको छ ।
छिमेकी देश चीन छ स्थान तल झर्दै ७५ औं स्थानमा पुगेको छ । बेल्जियम पहिलो स्थानमा कायमै छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । एशियाली देशहरुमध्ये जापान २८ औं, इरान ३३ औं, कोरिया ४१ औं स्थानमा छन् ।