~ शोभा पाण्डे सिलवाल
बहुदलल ल्याएँ भन्छन् ,खोई कहाँ गयो ?
प्रतिपक्ष नभएको कस्तो सरकार बन्यो ?
सिद्धान्त र नैतिकतालाई दिई तिलाञ्जली
जनताका अभिमतलाई खोलातिर फाली ।
पदका लागि रोइलो गर्छन् आफ्नै स्वार्थ हेरी
अर्को चुनाव आउला भनी सम्झदैनन् फेरि ।
नयाँ दलको आगमनलाई स्वागत् गर्न भन्दा
पुरानाले पार्न थाले नयाँलाई फन्दा ।
माकुराको जालोजस्तो नेपालको कानुन
हाम्लाई केही थाहा छैन काल्कोटेले जानून् ।
नाम मात्रका न्यायमूर्ति बच्चाजस्तै रैछन्
आफ्नै देशमा जन्मेकालाई विदेशी नै देख्छन् ।
उद्योगधन्दा ठप्प पारी के विकास गर्यौ ?
कुर्चीकै हान थापमा आफैँ व्यस्त भयौ ।
सुशासनका नाम्मा दलले कुशासन गरे
रोजगारीका नाममा युवा विदेशतिर झरे ।
दिन दुगुना राता चौगुना महँगी नि बढ्यो
आजभोलि जनतालाई ज्युन मुस्किल पर्यो ।
नेपालको राजनीति अस्थिर बन्दै गाछ
छ मैना नि नपुग्दैमा समीकरण ढल्छ ।
पशुपति ,स्वयम्भूले रक्षा गरी दिऊन्
देशद्रोही जति सबका मती छिटो फिरून् ।
मती छिटो फिरून् ।।