फ्रान्सेली फुटबलको नेतृत्व केलियन एमबाप्पेलाई

फ्रान्सले गतवर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

दोहा विश्वकपमा अर्जेन्टिनासँग  पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ । फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब  जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।

लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगनन उनको स्थान लिएका छन् । रासस/एएफपी


ताजा खबर