अमेरिका र क्यानडाले सहमति गरेर दुई देशबीच रहेका अनौपचारिक सीमा विन्दूहरु बन्द गर्ने निर्णय गरेका छन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरुको प्रवाहलाई रोक्न दुई देश बीच शनिबार मध्यरातबाट लागू हुने गरी नयाँ सम्झौता गरिएको हो ।
अनौपचारिक सीमा नाका मार्फत् अमेरिका प्रवेश गर्न खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्याएर मात्रै अमेरिका प्रवेश गर्न दिइनेछ । ठूलो संख्यामा आप्रवासीहरूले अमेरिका-क्यानडा सीमाको रोक्सहम सडक हुँदै अनधिकृत रुपमा सीमा पार गर्दै आएका थिए ।
अनौपचारिक सीमाहरु बन्द गरेसँगै आप्रवासीहरुले कहाँ शरण माग्ने भन्ने प्रश्न भने खडा भएको छ । पछिल्लो सम्झौतालाई अमेरिकाको न्युयोर्क राज्य र क्यानडाको क्युबेक राज्यबाट रोक्सहम सडक हुँदै भइरहेको आप्रवासीको आगमनलाई सीमित गर्ने एक हिस्साका रुपमा समेत हेरिएको छ ।
गत वर्ष मात्रै रोक्सहम सडक हुँदै ४० हजार आप्रवासी क्यानडा प्रवेश गरेको तथ्यांक छ । क्यानडाले दक्षिण र मध्य अमेरिकी मुलुकबाट उत्पिडन र हिंसामा परेका १५ हजार आप्रवासीका लागि कार्यक्रम नै बनाएको छ । तर आप्रवासीको संख्या अत्यधिक हुँदै आएपछि अमेरिका र क्यानडा दुबैले यसलाई नियन्त्रण गर्न सीमा बन्द गर्ने निर्णय गरेका हुन् । रासस