बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज (शनिवार) हुँदै छ ।
लन्डनस्थित वेस्टमिन्स्टर एबीमा ७ दशकपछि हुन गइरहेको राज्याभिषेक समारोहमा विभिन्न देशका २ हजार भन्दा बढी पाहुनालाई आमन्त्रण गरिएको छ ।
राज्याभिषेक समारोहमा एक सय भन्दा बढी देशका राज्य प्रमुख सहभागी हुने भएकाले लन्डनको सुरक्षा कडा बनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलालाई राजमुकुट पहि¥याइने छ ।
सन् १०६६ यता बेलायतमा यसरी राजमुकुट पहिरिने उहाँ ४० औँ शासक हुनुहुनेछ । लण्डनमा आज वर्षा हुने पूर्वानुमान गरिएपनि हजारौँ संख्यामा जनताहरू भेला भइसकेका छन् । बिबिसी