क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।
क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।
सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइसराइ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ । क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी७ देशहरूमा अग्रपङ्क्ति छ ।
यदि जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसङ्ख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ । सिन्ह्वा