शोभा पाण्डेय/सिलवाल
दुई हजार असी सालको बूढो साउन आयो
हेर्दा हेर्दै धान राखेको गोदाम बगायो ।
प्रकृतिलाई जित्छु भन्दै मान्छे अगि बढेको
विज्ञानलाई साथ लिँदा हानि भएको ।
देशभरिका घटनाले भावविह्वल बनायो
टिभी हेर्दा,सम्चार सुन्दा सबलाई रुवायो ।
रुख काटी जताततै बाटो ढल खनदा
प्रकृतिलाई मानिसले जित्न खोजदा ।
अल्पवृष्टि,अनावृष्टि,अतिवृष् टि हुनाले
दुःख पाए नदी तटमा जनता बस्नाले ।
लास जलाउन साह्रै गाह्राे आगो सल्किएन
कति बगे मलामी नि घरै फर्किएनन् ।
गरिबलाई दैवले नि साह्रै दुःख दिए
करोडपति एकै छिनमा रोडपति भए ।
धनजन क्षति होला भनी सचेत नबन्दा
जनताको कष्टको मूल्य नहुँदा ।
उर्लेका छन् खहरे बढेका छन् सरिता
दुः ख पाका जनताको नहेर् रमिता ।
छिटोभन्दा छिटो उद्धार पीडितको गरियोस्
बाढीपीडित जनताको पेट भरियोस् ।