चीन सँगको उत्तरी सिमानाका तातोपानीबाट दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो ।
गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबिच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भन्नुभयो ‘नेपालको तर्फबाट गरिने तयारी सबै गरेका छौँ
२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिबाट मालवाहक सवारीको आवतजावत खुलेको थियो। मानिस आवतजावत भने खुलेको थिएन।
सिन्धुपाल्चोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । रासस