असोज १ गतेदेखि सूर्यज्योति लाइफको ५ शाखा गाभिदै

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् ।

कम्पनीको विभिन्न ५ शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्को शाखा कार्यालयमा गाभिन लागेको हुँदा हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ । यस सम्बन्धमा कुनै कठिनाई हुन गएमा कम्पनीले उल्लेखित सम्पर्क नम्बरमा कल गर्न आग्रह गरेको छ ।

कम्पनीको सबैला नगरपालिका वडा न ३ धनुषामा रहेको शाखा शहीदनगर नगरपालिका वडा न ३ धनुषामा गाभिएको कम्पनीले कम्पनीको छ ।

त्यस्तै, बागमति नगरपालिका वडा नम्बर १२ सर्लाहीमा रहेको शाखा हरिवन नगरपालिका वडा नम्बर १२ सर्लाहीमा, अन्पुर्ण गाउँपालिका वडा नं ५ कास्कीमा रहेको शाखा कुश्मा नगरपालिका वडा नं ६ पर्वतमा, मालिका गाउँपालिका वडा नं ८ गुल्मीमा रहेको शाखा रेसुङगा नगरपालिका वडा नं ८ गुल्मीमा र बेलौरी नगरपालिका वडा नं ४ कञ्चनपुरमा रहेको शाखा पुनर्वास नगरपालिका वडा नं २ कञ्चनपुरमा गाभिएको कम्पनीले जनाएको छ ।


ताजा खबर