टी-२० मा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत मंगोलिया विरुद्धको खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ।

नेपालले मंंगोलियालाई २७३ रनले पराजित गरेको हो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सबैभन्दा फराकिलो जित हो। यसअघि चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो।

नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलिया १३.१ ओभरमा ४१ रनमै समेटिएको हो। मंगोलियाका लागि दाबासुरेन जयमसुरेनले १० रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको ले तीन विकेटको क्षतिमा ३१४ रन बनाएको थियो। का लागि कुशल मल्लले शतक प्रहार गरे। उनले ५० बलमा १५७ रन बनाए।

त्यस्तै, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। पौडेलले २७ बलमा ६१ र ऐरीले १० बलमा ५० रन बनाए। नेपालका लागि कुशल भुर्तेलले १९ र आशिफ शेखले १६ रन बनाए।

यो जितसँगै दुई अङ्क जोडेको नेपालले पहिलो चरणको अर्को खेलमा असोज १४ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। रासस


ताजा खबर