नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये बढी यात्रु बोक्नेमा कतार एयरवेज पहिलो भएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका २८ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीतर्फ कतार विगत तीन वर्षदेखि यात्रु बोक्नेमा पहिलो स्थानमा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार गरेको यात्रु तथा उडान तथ्यांकअनुसार कतारले सन् २०१९ मा २ लाख ७७ हजार ७ सय ९६ हवाई यात्रुलाई सेवा दिएको छ । कतारको सरकारी स्वात्विम रहेको यो एयरवेजले १ हजार ४ सय ४८ अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
ठूलो संख्यामा नेपाली कामदार कतार र खाडी मुलुक जाने गरेकाले पनि कतार एयरवेजले बढी यात्रु पाएको हो ।
सन् २०१९ मा २ लाख ७२ हजार ५ सय ६० यात्रुलाई सेवा दिई भारतको जेट एयरवेज दोस्रो स्थानमा रहेको छ । जेट एयरवेजले २१ सय ९१ उडानमार्फत १ लाख २६ हजार ७ सय ८० यात्रुलाई नेपाल ल्याएको थियो । १ लाख ४५ हजार ७ सय ८० यात्रुलाई नेपालबाट भारतसम्म सेवा पु¥याएको छ । भारतीय निजी एयरलाइन्स कम्पनी जेट एयरको भगिनी एयरलाइन्स कम्पनी जेटलाइट एयरले समेत नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएको छ ।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले २ लाख २ हजार ४१ हजार यात्रुलाई अन्तर्राष्ट्रिय हवाई आवागमन सेवा दिँदै तेस्रो स्थानमा छ । १ लाख ८७ हजार ५१ यात्रुलाई सेवा दिई युनाइटेड अरब इमिरेट्सको निजी एयरलाइन्स कम्पनी एयर अरेबिया चौथो स्थानमा आएको छ ।
निगमले गत वर्षमा १६ सय २२ उडानमार्फत १ लाख १ हजार १ सय ७५ हवाई यात्रुलाई नेपाल ल्याएको थियो । निगमले १ लाख ८ सय ६६ यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यसम्म पु¥याएको छ । बैंकक, हङकङ, दुबई, दोहा र मलेसिया गरी ५ वटा अन्रतर्राष्ट्रिय गन्तव्यमा हाल निगमले हवाई सेवा दिँदै आएको छ ।
कतार एयरवेज सन् २०१८ समेत पहिलो स्थाममै थियो । कतारको दोहा–काठमाडौंका लागि ३०५ यात्रु सिट क्षमताको एयरबस ए ३३३ जहाज सञ्चालन गर्दै आएको छ, जुन नेपालमा उडान गर्ने सबैभन्दा बढी सिट क्षमताको जहाज हो । यात्रु तथा उडान तथ्यांकका आधारमा कतार एयरवेजले सन् २०१८ मा २०१३ उडानबाट ३ लाख १ सय ८४ यात्रु बोकेको थियो ।
दोस्रो स्थानमा रहेको जेट एयरवेजले २ हजार १ सय २६ उडानबाट २ लाख ५५ हजार १ सय ६१ यात्रु बोकेको छ । २००९ मा कतार एयरवेजले २ लाख ५१ हजार २ सय १४ यात्रु बोकेको थियो । जेट एयरवेजले १ लाख ६७ हजार ८ सय ४९ यात्रु बोकेको थियो ।
दोहालाई आधार गन्तव्य बनाई कतार एयरवेजले १ सय बढी जहाजमार्फत विश्वका १ सय १० गन्तव्यमा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको छ । सन् २०२० भित्र १ सय २० जहाज संचालन गरि १ सय २० अन्तर्राष्ट्रिय गन्तव्यसम्म सेवा विस्तार गर्ने घोषणा कतार एयरवेजले गरेको छ ।
सन् २०१९ मा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स कम्पनी
एयरलाइन्स कम्पनी सन् २०१९
कतार एयर २७७७९६
जेट एयरवेज २७२५६०
नेपाल वायुसेवा निगम २०२०४१
एयर अरेबिया १८७०५१
स्पाइस जेट एयरवेज १८३५९४
थाई एयरवेज १५४०७०
एयर इन्डिया १५२४५१
फलाई दुबई १५२२७४
गल्फ एयर १४९५६६
इत्तिहाद एयरवेज १२७१२५