उखुबाट तयार हुने सख्खर स्वास्थ्यका लागि लाभदायिक मानिन्छ । ऊखुको रसलाई उमालेर सेलाएपछि जमेर ठोस आकारमा सख्खर तयार हुन्छ । सख्खरको उपयोग प्राचीनकालदेखि चलिआएको हो। चिसो मौसममा सख्खर सेवन गर्दा मानिसको पाचन प्रणाली मात्र ठिक भई सख्खरले शरीरलाई तातोपन समेत प्रदान गर्दछ। जनिराखौं चिसो मौसममा सख्खर खानुको विशेस फाइदाहरु
१. रुघा खोकीबाट बचाउँछ : जाडो मौसममा मानिसहरुलाई रुघाखोकी तथा अन्य चिसोमा लाग्ने रोगहरु लाग्ने गर्दछ। सख्खरमा तातोपन बढीहुनुका कारण यसले शरीरको तापक्रम बढाउनुको साथै न्यानोपन प्रदान गर्दछ। त्यसैले जाडो मौसममा दैनिक सख्खरको प्रयोगले चिसोबाट लाग्ने भाइरलहरुबाट बचाउन मद्दत गर्दछ।
२. रक्तसंचार लाई बढाउँदछ : जाडो मौसममा शरीरका रक्तकोशीका संकुचित भएका हुन्छन् र रक्तसंचार धेरै कम भएको हुन्छ। सख्खरको सेवनले शरीरलाई उचित तापक्रम प्रदान गरि रक्ताकोशिकाहरु राम्रोसँग खुल्ने र शरीरमा रागतको प्रवाह राम्रो हुनेगर्दछ । साथै सख्खरको सेवनले रक्तचापलाई समेत नियन्त्रण गर्दछ।
३. फोक्सोको संक्रमण हुनबाट बचाउँदछ : चिसो मौसममा मानिसलाई छिट्टै रुघा खोकी लाग्नुका साथै घाँटी तथा फोक्सोमा संक्रमण हुने गर्दछ। नियमितरुपमा सख्खरको सेवनगर्दा यसले यस्ता संक्रमणबाट बचाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्दछ।
४. पाचन शक्ति बलियो बनाउँदछ : सख्खर वा गुणको अनेकौँ फाइदा मध्य एक हो, पाचन प्रणालीलाई बलियो बनाउनु । दैनिक खानपिन गरेपछि थोरै मात्रमा सख्खर खाएमा पाचन सम्बन्धि सम्पूर्ण समस्याहरु हटेर जान्छन् ।
५. रगतको मात्रालाई नियन्त्रणमा राख्दछ : सख्खरमा पाइने म्याग्नेसियमका कारण यसले शरीरको मांसपेशी तथा रक्तकोशीकालाई राहत दिनुका साथै शरीरमा रगतको मात्रालाई समेत नियन्त्रणमा राख्दछ।
-सफल नेपाल