~बालेन
खसेको त हामी दुबै थियौ
तिमी जहाजबाट खस्यौ, म बसबाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी १० मिनेटमा भेटियौ,
मलाई सायदै भेटाउलान्।
तिम्रो परिवार लास पाएर रोएको छ,
मेरो लास नपाएर।
फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
तिमी मर्दा देशको झण्डा आधा झुक्यो
म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो ।
दिवङ्गत सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना !