त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । एसियाली फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो ।
विभिन्न प्रश्न उठाउँदै एफसीले केही सम देखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट राखेपले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।
यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ ।
दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअफअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च व्बाइज युनाइटेडबीच खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएपछि नेपालमा नै गत चैत्र ८ गते आयोजना हुनुपर्ने विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको नेपालले बहराइनको मैदानमा खेलेको थियो। जेठ २४ गते युएईसँगको खेल पनि साउदी अरबमा भएको थियो । रासस