नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य फेरि बढाएको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको जानकारि दिए ।
गत मंसिर १६ (सडसेम्बर २) मा मात्र मुल्य बढाएको निगमले फेरि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिएको छ ।
पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जनएको छ ।
निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखेको छ । -रासस