ॐ हस्पिटल र स्मार्ट एप्लाएन्सेसले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ ।दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित ॐ हस्पिटलसँग सहकार्यगरी नि:शुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्ने सहमति भएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको समाचारमा जनाइएको छ ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारालाई महत्व दिंदै अस्पतालको सम्पूर्ण विभागमा रिवर्स अस्मोसिस प्लान्ट वाट खानेपानी वितरण गर्दै आइरहेको छ ।

स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले सफल नेपाललाई बताउनुभयो ।


ताजा खबर