पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विराटनगरमा टाइटन्सले पहिलो जित हात पारेको छ।
विराटनगरले बुधबार भएको खेलमा साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको हो।
मंगलबार चितवन राइनोजसँग हारेको पोखराको यो लगातार दोस्रो जित हो।
बुधबार पोखरा रंगशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेटको क्षतिमा १४५ रन जोड्यो।
उसका लागि पुनित महेराले नटआउट ६१ रन जोडे। उनले २६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा पोखराका कप्तान शरद भेषवाकरले २ विकेट लिए।
१४६ रनको लक्ष्य पछ्याएको पोखरा १ बल खेल्न बाँकी छदा १ रनमा अलआउट भयो।
पोखराका लागि रोहित पौडेलले ३२ र कुशल भुर्तेलले २४ रन जोडे।
बलिङमा विराटनगरका किशोर महतोले ३ विकेट लिँदा जितेन्द्र मुखिया र जइद अलामले २-२ विकेट लिए।