नेपाल भाषाको गीत ‘राजमती’को नेपाली भर्सन सार्वजनिक

कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो ।

नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराउनुभएको थियो ।

नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत संयोजनमा ल्याइएको हो  ।

सागर खनाल र सोनी लगुनलगायत कलाकारको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गर्नुभएको छ । गीतका निर्माता रश्मि प्याकुरेल हुनुहुन्छ ।


ताजा खबर