संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन भोलीदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आज भाद्र ३१ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो । रासस


ताजा खबर