प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।

समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुन्छ।


ताजा खबर