ॐ हस्पिटलमा २०८१ सालका चाडपर्वको शुभकामना

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. चावहिल काठमाडौंमा आज बडा दशै, तिहार, नेपाल सम्वत तथा छठ पर्व लगायत २०८१ सालका चाडपर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो।

नेपाली सांस्कृतिक चाडपर्वहरूको सम्मान गर्दै अस्पतालका कर्मचारी, चिकित्सक, बिरामी तथा अन्य अतिथिहरूबीच समरसता, एकता र सद्भाव कायम गर्ने उददेश्यले आयोजित कार्यक्रममा अस्पतालका संचालकहरु, चिकित्सकहरु, नर्सिङ स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

 

कार्यक्रममा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, पूर्व प्रवन्ध संचालक तथा संचालक डा. हरि किशोर श्रेष्ठ, संचालक डा.रिता सिंह, पूर्व अस्पताल निर्देशक तथा संचालक प्रा.डा. जागेश्वर गौतम, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सीङ डाइरेक्टर उमा श्रेष्ठ तथा ॐ अस्पताल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले संचालन गर्नुभएको कार्यक्रममा अस्पतालका संचालकहरु शरदकान्त अधिकारी, पूर्व प्रवन्ध संचालक तथा संचालक बाबुकाजी कार्की संगै बरिष्ठ चिकित्सकहरु डा.एम.पि. श्रीवास्तव, डा. लुइसा राजपुत, डा. अच्युत राजभण्डारी लगायतका वरिष्ठ चिकित्सकहरु तथा उच्च व्यवस्थापनका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदान पछि आयोजना गरिएको दिवाभोजमा अस्पतालका सम्पूर्ण चिकित्साकर्मी तथा कर्मचारीहरु सहभागि हुनुभएको थियो । रासस


ताजा खबर