दशैँको हार्दिक मङ्गलमय शुभेच्छा

~   शोभा पाण्डेय /सिलवाल

नेपालीको महान् चाड आयो  हजुर दशैँ

जे भए नि दिल खोलेर मान्नै पर्यो  जसै ।
आरधना गरौँ सबले अन्तर हृदयले
शान्त पार्छिन् मनस्थिति दुर्गा भवानीले ।
बाढी ,पैह्राको कारणले नेपाली छन् दुखी
होस्टेहैँसे गर्दै  मनाअौँ बाडौँ सबलाई खुसी  ।
यसपटक दुर्गा मासँग सबको खुसी  मागौँ
आफैँ मात्र ठुलो भन्ने अहङ्कार त्यागौँ ।
परिश्रमी ,निडर बनी सदा अघि बढौँ
पहाड जस्तो समस्यालाई  तिल जस्तै ठानौँ ।
खुसी र उमङ्गलाई मुर्झाउन नदेअौँ
आफूसँग भाको शक्ति सदुपयोग गरौँ  ।
सत्यको पक्ष लिऊँ असत्यलाई त्यागौँ
मभन्दा नि हामी भन्ने  भावनालाई बोकौँ ।
जहाँ जस्तो अवस्था छ विचलित नहौँ
घाँटी  हेरी हाड निल्ने  बानी सबले धरौँ ।
बडा दशैँ एकासीको पावन अवसरमा
आफन्तजन ,शुभचिन्तक  ,सकलमानवमा ।
सुख,स्वास्थ्य ,समृद्धिको कामना छ मेरो
खुसी र शान्त रहोस्  सदा सेरोफेरो ।
कुत्सित विचार चाहिँ नरहोस् कसैको
हार्दिक मङ्गलमय शुभेच्छा दशैँको ,
शुभेच्छा दशैँको ।


ताजा खबर