चीनद्वारा नयाँ स्याटेलाइट गाओफेन १२ ०५ प्रक्षेपण

चीनले जिउक्वान स्याटेलाइट केन्द्रबाट नयाँ स्याटेलाइट (पृथ्वी अवलोकन उपग्रह) सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

गाओफेन–१२ ०५  नाम दिइएको नयाँ स्याटेलाइट बुधबार बेइजिङको समय बिहान ७ः४५ बजे  लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो ।

यो स्याटेलाइट भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५४० औं उडान मिसन हो । सिन्ह्वा


ताजा खबर