ॐ हेल्थ फाउण्डेसनका कार्यालय प्रमुख पौडेल सम्मानित

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको भगिनी संस्था ॐ हेल्थ फाउण्डेसनका कार्यालय प्रमुख मणीराज पौडेल सम्मानित हुनुभएको छ ।

पौडेललाई  नेपाली निजी अस्पतालहरुको  छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन्स अफ नेपाल – अफिन गण्डकी प्रदेशको छैटौं बार्षिक साधारण सभाका अवसरमा सम्मानित गरेको हो ।

पौडेलले २०६३ सालदेखी हालसम्म अनवरत  रुपमा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन्स अफ नेपालको विभिन्न तर र पदमा रही पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सम्मान प्रदान गरेको हो ।

 


ताजा खबर