~ शोभा सिलवाल,पाण्डेयविदेशमा छन् दाजुभाइ ,सम्झेर आउलान् नि हामीलाई ।मखमली फूल ,सयपत्री फूल आँगन छेउ फुलेका,दाजु र भाइ दिदी र बहिनी सबजना भुलेका।वर्ष र दिनमा आउने चाड यो तिहार ,मिलेर मनाऊँ जहाँ भए पनि बाँडेर पियार ।सेलरोटी ,फिनी,झिलिङ्गा,ख्युनी, अर्स ,अनरसा,झिलिमिली बत्ती लक्ष्मी पूजा खुसीको वर्षा ।इन्द्रेणी सरि सात रङ्गी टीका दाइभाइको निधारमा,सम्झेर रुन नपरोस् कोही अहिलेको तिहारमा ।खुसीको चाड यो तिहार राम्रो माटोको पालैमा ,अहिलेलाई यत्ति भेटौँला साथी आउने सालैमा ।