एसोसिएसन अफ स्पाइन सर्जन्समा नयाँ कार्यसमिति गठन

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (ए.एस.एस.एन.) मा नयाँ कार्यसमिती गठन भएको छ ।

एसोसिएसनको हालै सम्पन्न दशौं राष्ट्रिय गोष्ठी तथा वार्षिक साधारणसभा पछि भएको अनलाईन भोटिङ मार्फत निर्वाचित ९ जना सदस्यहरु सहितको नयाँ कार्यसमिति गठन भएको हो ।

कार्यसमितिमा प्रा.डा. दीपक श्रेष्ठ, अध्यक्ष, प्रा.डा. सुरज बज्राचार्य,उपाध्यक्ष, प्रा.डा. गौरब राज ढकाल,महासचिब, डा. प्रेम शाही, कोषाध्यक्ष,  डा. दीपक काउचा ,सह सचिव निर्वाचित हुनुभएको छ । त्यसैगरी, कार्यसमिती सदस्यहरुमा डा. सुवास झा, डा. सविक कायस्थ, डा. विकास पराजुली र डा. आयुष श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

संसारभर बाट १५० जना स्पाइन सर्जन सहभागि रहेको दइदिने सम्मेलनमा पहिलो दिन मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा इण्डोस्कोपिक स्पाइन सर्जरी विषयमा एकदिवसिय ह्याण्ड्स अन कार्यशाला समेत आयोजना गरिएको थियो । दोश्रो दिन स्पाइन सर्जरीका विभिन्न शिर्षकहरुमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

काठमाडौंको बुढानिलकण्ठस्थित द पार्क भिलेज रिसोर्टमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा वार्षिक  साधारणसभामा मुख्य वक्ताका रुपमा अमेरिकाको कोलोम्विया युनिभर्सिटीका विश्वविख्यात स्पाइन सर्जन प्रा.डा. ड्यानियल रिउले गर्धनको समस्याका उपचारका विविध आयामहरुवारे चर्चा गर्नुभएको थियो ।

एसोसिएसन्स अफ स्पाइन सर्जन्स अफ नेपाल  (मेरुदण्ड रोग विशेषज्ञ) स्पाइन सर्जनहरुको मुख्य  संगठन हो जसले मेरुदण्ड रोग सम्वन्धि तालिम, गोष्ठि, सचेतना अभिबृद्धि गर्ने लगायतमा कार्य गर्दै आएको छ ।

 


ताजा खबर