शोभा पाण्डेय / सिलवाल
रसायन प्रयोग गरी बनाएको खाना
स्वादिलो नै भए पनि बासी हुन्छ जान ।
जङ्कफुड ,फास्टफुड दुबै हाम्रा शत्रु
विद्वानले भन्ने गर्छन् यी खाना हुन् पत्रु ।
रिसराग बढाउँछ जङ्कफुड् ,फास्टफुडले
मिलनसार बनाउँछ मकै भटमासले ।
जङ्कफुड र फास्टफुडले अनेक रोग लाग्छ
बाआमाको पैसा पनि विष किन्दा सक्छ।
हाम्ले खाने जङ्कफुडमा त पौष्टिकता हुन्न
शरीरलाई चाहिने तत्त्व क्यै पनि पाइन्न ।
जङ्कफुड मृत फुड हो आँतमा टाँसिन्छ
पेटभित्र हाइड्रोक्लोरिक एसिड बढी जान्छ ।
कब्जियत हुन्छ अनि पेट पनि दुख्छ
पढ्न, खेल्न मन लाग्दैन मन बेचैन हुन्छ ।
धन र मन दुबै बर्बाद पार्ने जङ्कफुड्ले
अर्बुध रोग नि लाग्न सक्छ बुझौँ हामी सबले ।
बोक्रा सुन्दर ,स्वाद मिठो ,गुण चाहिँ तितो
जङ्कफुड् खान छाडिदेऊ बाबुनानी छिटो ।
पत्रु खाना जति खायो उति खाऊँखाऊँ लाग्ने
यस्ता खाना खाँदाखेरि पढ्या नि बिर्सने ।
बुद्धि नभा पैसा भाको मूर्खले हो खाने
जङ्कफुड ,फास्टफुड भाइबैनीले जाने ।
भोक लाग्दा पत्रु खाना खान मन लागे
पानी धेरै पिउने गर घरकै खाना खाए
घरकै खाना खाए ।