चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना

उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबिचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले प्रान्तको राजधानी सहर चाङचुनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रको उद्घाटन गरियो ।

प्रान्तको प्रचार विभागका अधिकारी बाई युका अनुसार नयाँ केन्द्रलाई आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ । साथै, अन्तर्राष्ट्रिय सञ्चारको प्रभावकारिता बढाउने प्रयास गरिएको छ ।

जिलिन हजारौं वर्षको समृद्ध सांस्कृतिक सम्पदाको घर मात्र होइन तर चीनको उद्घाटनका लागि महत्त्वपूर्ण उत्तरी प्रवेशद्वार पनि हो । उत्तरपूर्वी एसियामा सांस्कृतिक आदानप्रदानको प्रमुख केन्द्र पनि हो ।

प्रान्तले वन्यजन्तु संरक्षणमा प्रकाश पार्नका लागि अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पनि सुरू गर्यो । चीनले आधिकारिक रूपमा सन् २०२१ मा उत्तरपूर्वी चीन बाघ र चितुवा राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो । रासस/सिन्ह्वा


ताजा खबर