जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।
सियाटलका एक न्यायाधिशले ट्रम्पको आदेश असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिइने नागरिकता रोक्न नपाउने निर्णय गरेको हो ।
न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको ट्रम्पको आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको ठहर गर्दै अस्थायी रुपमा लागू नगर्ने फैसला गर्नुभयो । हिजो भएको बिहीबार २५ मिनेटको सुनुवाइपछि यसलाई लागू हुनबाट रोक लगाउने आदेश जारी गरिएको हो ।
अमेरिकी संविधानको १४ औं संशोधनको लामो समयदेखिको व्याख्या अन्तर्गत् अमेरिका भित्र जन्मेका लगभग सबैलाई स्वचालित रूपमा नागरिकता दिने प्रावधान छ ।
ट्रम्पले गैरकानुनी वा अस्थायी रूपमा देशमा रहेका आमाबाबुबाट जन्मेका बच्चाहरूको हकमा यो नियम अन्त्य गर्ने अपेक्षा गर्नुभएको छ । रोयटर्स