काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्यो

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।  देशभर मौसम सामान्य बदली रहेको छ ।

आज उच्च पहाडि तथा हिमालि भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती  देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडि तथा हिमालि भु-भागमा भने हिमपातको सम्भावना छ ।

मौसम बदलि संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष १७  गते (बिहिबार)

दिउँसो देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम  हिमपातको सम्भावना देखिन्छ ।

पौष १८  गते (शुक्रबार)

दिउँसो स्देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

पौष १९  गते (शनिबार)

दिउँसो देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती  देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ । -रासस


ताजा खबर