१४ आश्विन २०७६, मंगलवार
काठमाडौं । गायक, संगीतकार, गीतकार तथा संचारकर्मी सरोज कोइरालाको ‘माई खोलाको चिसो पानी’ बोलको गीत बजारमा आएको छ । । शब्द संगीत तथा स्वर स्वयं कोइरालाकोनै रहेको उक्त गीतमा आफ्नो जन्मथला् झापाका बिभिन्न रमणिय स्थलको वर्णन गरिएको छ ।
‘माई खोलाको चिसो पानी खाएर हुर्केको
कन्काई नगर सुरुङ्गामा जन्मेको म ठिटो
त्यहि खोलाको पानी जस्तै, दिउँला माया मिठो’
लिरिकल भिडियोसहि बजारमा आएको गीतमा रहेका यी शब्दमा गायक कोइरालाले आफू जन्मेको माटोको सुगन्धलाई शब्दमार्फत गीतमा उतारेका छन् । जन्मिएको ठाउँको वर्णन गर्दै उनले कन्काइ खोलाको पानीसँगको मितेरीलाई गीतबाट प्रस्तुत गरेका छन् ।
जन्मिएको कन्काइनगर सुरुङ्गाको वरिपरिका रमणीय क्षेत्र अनि आफूले पिउँदै आएको माइखोलाको पानीसँगको सामिप्यतालाई गीतबाट प्रस्तुत गरेका छन् ।
गोपाल कोइरालाले दृष्ययांकन तथा गरेको लिरिकल भिडियोलाई लोकेश भाटले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन पनि सरोजले नै गरेका हुन् ।