थाहा छ, नमस्तेको अर्थ के हो ?

हामी जब एकअर्कोसँग भेट्दछौं, तब हामी नमस्ते भन्दछौ र नमस्ते गर्दछौं पनि । नमस्ते गर्दा सम्मानस्वरुप हल्का शीर झुकाउने प्रचलन पनि छ । तर सधैं गरिरहने नमस्तेको अर्थ तपाईलाई थाहा छ ? नमस्ते गर्नु हाम्रो संस्कार र विश्वास नै भइसक्यो । हामीले सधैं गर्ने नमस्तेको अर्थ हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ ।

नमस्ते अथवा नमस्कारलाई संस्कृतमा विच्छेद गर्दा हामी पाउँदै यो दुई शब्द मिलेर बनेको हुन्छ, ती हुन्, ‘नमः+अस्ते’ । ‘नमः’ को अर्थ हुन्छ ‘झुक्नु’ र अस्तेको अर्थ हुन्छ ‘अहंकार वा अभिमानबाट भरिएको’ । यसको अर्थ हो ‘मेरो अहंकारले भरिएको शीर तपाईको सामुन्ने झुक्छ ।’

‘नमः’ को अर्को पनि अर्थ हुनसक्छ, ‘न’ + ‘म’ मतलब ‘मेरो होइन, सबै तपाईंकै’ । अध्यात्मको दृष्टिबाट यसलाई अर्थ लगाउन सकिन्छ, ‘एउटा मानिस अर्को मानिसको अगाडि अहंकार वा घमण्ड कम गरिरहेको छ ।’

नमस्ते गर्दा दुवै हात जोडेर एउटै बनाइन्छ । यसको अर्थ हो नमस्ते गरिसकेपछि दुवै व्यक्तिको दिमाग मिल्नेछ अथवा एउटै दिशामा हुनेछ ।


ताजा खबर