विराटनगर आईसीपी तयार : नेपाल र भारतका प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) पूर्ण रुपमा तयार भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले आज  भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि आईसीपी औपचारिक रुपमा सञ्चालनमा आउने छ ।

मंगलबार नै भारतीय पक्षले आईसिपी नेपाललाई हस्तान्तर गर्ने कार्यक्रम रहेको छ ।

संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले आईसीपीको निर्माण पूरा भएकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी दिए ।

उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण गरिने र आईसीपी सञ्चालननमा आउने उनले बताए ।

नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग आईसीपीलाई जोडिएको छ । -रासस


ताजा खबर