प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले केहीबेरमै देशवासीलाई सम्बोधन गर्नुहुनेछ।

भदौ २३ र २४ गते भएको जनआन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपश्चात् नागरिक सरकारको नेतृत्व गर्दै सुशीला कार्कीले पहिलो प्रधानमन्त्रीको रूपमा देशको बागडोर सम्हाल्नुभएको थियो।

छ महिनाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने म्यान्डेटअनुसार उहाँको नेतृत्वमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत प्राप्त गर्दै एकल सरकार गठन गर्ने तयारी गरिरहेको छ।

यसै क्रममा शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त हुने कार्यक्रम तय भएको छ। सोही पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो। सफल नेपाल


ताजा खबर