नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५’ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको छ।
विभिन्न संघ-संस्थाहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डलाई मुख्य आधार बनाएर मूल्याङ्कन गरिने यो अवार्ड विकास बैंक समूहतर्फ आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनका आधारमा गरिमा विकास बैंकलाई प्रदान गरिएको हो।
काठमाडौँमा आयोजित विशेष समारोहका बीच आइक्यानका अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई संयुक्त रूपमा सो अवार्ड हस्तान्तरण गर्नुभयो।
निरन्तर सम्मानित हुँदै गरिमा
ISO 9001:2015 तथा ISO 27001:2022 प्रमाणित यस विकास बैंकले हालै अन्य प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ।
बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६: न्यु बिजनेस एज लिमिटेडले सन् २०२६ मे ८ मा आयोजना गरेको ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौँ संस्करणमा प्राप्त।
डेभलपमेन्ट बैंक अफ द इयर २०२६: कर्पोरेट बिजनेस म्यागजिनले सन् २०२६ जुन १८ मा आयोजना गरेको ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ अन्तर्गत प्राप्त।
हाल गरिमा विकास बैंकले देशभर रहेका आफ्ना १२६ शाखा कार्यालय, ५१ वटा एटिएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रविधिमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।





















