आँसु पुछ्दै उजाड बस्ती फेरि सजाऔँ

तिब्बतबाट नेपालतर्फ, ठूलो  बाढी  आयो
नेपालमा दैव दशा ,नसोचेकै लाग्यो ।
चारैतिर अन्धकारले ,छोपी थर्काउँदा
चीत्कार र आर्तनाद, धर्तीमा गुञ्जिँदा।
उर्ल्यो बाढी ,ओर्ल्यो पैह्रो ,यो भाद्रको मैना
भक्कानिन्छ मुटु सबको,आँसु नै थामिन्न।
प्रकृतिका सामु हामी  ,निरीह नै बन्यौँ
नेपालीका बिचल्लीले ,सबको मुटु काम्यो ।
न छ टेक्ने हाँगा भेलमा ,न समाउने डालो
पाँच तले घर पनि ,निमेष मै ढाल्यो ।
सर्वस्व  नै हरण गरी लाने प्रकृतिलाई
घना आवाद भाको ठाउँलाई, मसानघाट नै बनाई ।
मर्नेभन्दा बाँच्नेलाई,  ठूलो छटपटी
अनिश्चित  आफन्तको व्यग्र, पर्खाइ कति?
उद्धार कार्य जति गरे ,पनि अपुग भा छ
जनतालाई  सरकारले ,नगरे झैँ ला छ।
जिउँदालाई उद्धार गर्नु ,पैलो प्राथमिकता
शवहरू खोज्न पनि ,भ्याछैन नि त्यता ।
स्थानीयहरू पनि मिली ,गरौँ उद्धार
जसले जहाँ जेजे सक्छ ,गर्न रहूँ तयार।
सरकारले  होस्टेभन्दा ,हैँसे गरौँ सबले
मनैदेखि एक भई पीडा,  हुँदा तपले ।
पीडामाथि राजनीति, गर्ने काम नगरौँ
व्यक्तिगत स्वार्थभन्दा ,सधैँ माथि उठौँ।
बाढीबाट ग्याँस उठाई, बेच्ने काम छाँडौँ
शवबाट सुन झिक्नेलाई, तिरस्कार गरौँ।
के स्वदेशी ,के विदेशी ? सबै दाजुभाइ
शोकलाई पनि फालौँ हामी, मनमा शक्ति ल्याई ।
सहयोगको हात फैलाई ,हातेमालो गरी
राहत सबले दिनुपर्छ ,आफ्नै ज्यान दिई ।
मर्नुपर्छ बुझौँ सबले, यथार्थ  र सत्य
दैव लीला हेर्नुस् हजुर, कति छ बीभत्स ।
सके जति सहयोग गरौँ, हामी सब मिली
उजाडिएका बस्ती फुलाउँ, बनाउँ फेरि कली ,
बनाउँ फेरि कलि
धन्यवाद ।।

ताजा खबर