तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला

हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । रासस


ताजा खबर