सानिमा बैंकले सेवा विस्तारका क्रममा काठमाडौंको जोरपाटीमा शाखा सञ्चालन गरेको छ । सोमबार बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।
ग्राहकको थप सेवा तथा सुविधाका लागि शाखाविस्तार गर्दै जाने बैंकको नीतिअनुरूप शाखा विस्तारलाई तीव्रता दिएको बैंकका अध्यक्ष श्रेष्ठले बताए । जोरपाटी शाखाबाट गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले व्यक्त गरे । जोरपाटी शाखा सञ्चालनमा आएसँगै सानिमा बैंकको ७९ शाखा तथा ७९ एटिएम पुगेको छ ।
-सफल नेपाल,काठमाडौं