शहीद स्मारक लिगमाआज तीनवटा खेल हुने : शिर्ष तीनमा पुग्ने मनाङको लक्ष्य

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। जारी लिगमा १० खेल खेल्दै १ जित ४ बराबरी र ५ पराजय भोगेको हिमालयन शेर्पा क्लब अंकतालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकालेर ११ औं स्थानमा उक्लने शेर्पा क्लबको लक्ष्य रहनेछ।

अर्कोतर्फ अघिल्लो खेलमा साविक विजेता मनाङ मर्स्याङदी क्लबलाई हराउँदै १० औं स्थानमा उक्लिएको च्यासल युथ क्लब स्पस्ट ३ अंक जोड्दै छैटौं स्थानसम्म पुग्ने सम्भावना बनाउन चाहन्छ। च्यासलले जारी लिगमा १० खेल खेलेकोमा ३ जित, ३ बराबरी र ४ पराजय भोगेको छ। खेल आज दिउँसो सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा साढे ११ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्। एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा ७ औं स्थानको जावलाखेल र नवौं स्थानको फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जावलाखेलले आजको खेलमा जित निकालेको खण्डमा तालिकाको शीर्ष पाँचमा स्थान बनाउने छ। फ्रेन्डस क्लबले जित निकाल्न सके पनि शीर्ष पाँचमै स्थान बनाउन सक्ने सम्भावना रहन्छ। खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

आजै हुने अर्को खेलमा मनाङ मर्स्याङदी क्लबले न्युरोड टिम एनआरटीको सामना गर्ने छ। साविक विजेतासमेत रहेको मनाङ अंकतालिकामा १९ अंकसहित चौथो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके मनाङ तालिकाको तेस्रो स्थानमा उक्लने छ। तेस्रो स्थानमा रहेको थ्री स्टार क्लबको २० अंक छ।

एनआरटी अघिल्लो सिजन अंकतालिकाको पुछारमा रहेको टोली हो भने मनाङ शीर्षस्थानको टोली हो। एनआरटीले आज जित निकालेको खण्डमा पाँचौं स्थानमा उक्लने छ। खेल आज दिउँसो ३ बजे सशस्त्र प्रहरीको  मैदान हलचोकमा हुनेछ। –सफल नेपाल,काठमाडौ


ताजा खबर