नेपाली काँग्रेसका नेताहरु शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन् ।
केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः दिल्ली हुँदै बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सफल नेपाल, काठमाडौं