राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको अभियानमा एकजुट हुन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत् भन्नुभएको छ, “कोभिड–१९ को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ।” उहाँले कोभिड–१९ को सङक्रमणबाट विश्व समुदाय प्रभावित भइरहेकाले यस रोग विरुद्ध विश्वव्यापी रुपमा सञ्चालित अभियानमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको हो ।