प्रदेश नंं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त रुपमा राखेको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
बैठकमा सत्तारुढ दल समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा राखेको मधेश प्रदेश प्रस्तावमा मतदान हुँदा पक्षमा ६० र विपक्षमा ४६ मत परेको र एक म बदर भएको हाम्रा संवाददाता अजय कुमार झाले जनाएका छन् ।
यसअघि नेकपाले राखेको जानकी प्रदेश तथा नेपाली काँग्रेसको मिथिला भोजपुराको प्रस्ताव पनि अस्वीकृत भएका थिए । नेकपाको प्रस्तावमा ३७ तथा विपक्षमा ७० मत मत परेको प्रदेशसभाका सचिव एवं मतदान अधिकृत रञ्जित यादवले जानकारी दिनु भयो ।
यसैगरी, नेपाली काँग्रेसको मिथिला–भोजपुरा प्रस्तावको पक्षमा २८ मत परेको र विपक्षमा ७९ मत परेको थियो ।
अहिले प्रदेश राजधानी तोक्ने विषयमा छलफल भइरहेको र सहमति नभए आजै मतदान प्रक्रियामा जाने प्रदेशसभाका सचिव एवं मतदान अधिकृत यादवले जानकारी दिनु भयो । रासस