कोरोना प्रभावित सदस्य राष्ट्रलाई एडीबीको ६.५ अर्ब डलरको सहायता

एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरसबाट प्रभावित यसका सदस्य राष्ट्रलाई त्यसबाट सिर्जित समस्या समाधान गर्न ६.५ अर्ब डलरको प्याकेज सहायता घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न र सदस्य राष्ट्रको अर्थतन्त्रलाई सुरक्षित राख्न सहायता उपलब्ध गराइने एडीबीले जनाएको छ ।

एडीबीले परिस्थिति अनुसार यस्तो सहायता बढाउन सकिने पनि उल्लेख गरेको छ । एडीबीले यसअघि कोरोना भाइरसको पहिचान भएलगत्तै २२ करोड ५० लाख डलरको सहायता घोषणा गरेको थियो । त्यसयता विभिन्न चरणमा गरेर एडीबीले सो बराबरको सहायता उपलब्ध गराएको हो । रासस


ताजा खबर