ठूला अस्पतालमा तत्काल आवश्यक नपर्ने शल्यक्रिया र स्वास्थ्य परीक्षण रोक्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकामा ५० शैया र सो भन्दा माथिका अस्पतालहरूमा तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवाहरू चैत्र मसान्तसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कोभिड १९ को परीक्षण गर्न योग्य ठहरिएका बीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सेवा शुरु गर्न निर्देशन दिने तथा यसको सहजीकरण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुले गर्ने निर्णय गरेको छ । रासस


ताजा खबर