सिन्धुली जिल्ला प्रशासन कार्यालयमा वाणिज्य बैंकको काउन्टर

सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो २९ औं एक्सटेन्सन काउन्टर र राजश्व संकलन केन्द्र शुभारम्भ गरेको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे ।

शाखा कार्यालय सिन्धुली मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


ताजा खबर