नेपाल बैङ्कले कोभिड १९ रोकथामका लागि एक करोड दिने

नेपाल बैङ्कले विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको  छ ।

मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन रकम प्रदान गर्न लागिएको बताइएको छ । कोभिड १९ – कोरोना भाइरसको संक्रमणबाट हुने सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।  रासस


ताजा खबर