चीनबाट आएको सहयोग सामग्री चिनियाँ राजदूतद्वारा स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

चीनको ग्वान्जोबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विश्वव्यापी संकटको बेला छिमेकीका तर्फबाट ठूलो सहयोग भएको बताउनुभयो । उहाँले कोरोना विरुद्ध विश्व एक भएर लाग्नुपर्ने बताउनुभयो । रासस

 


ताजा खबर