नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याचुरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ अनलाइन भुक्तानी सेवा संचालनमा ल्याएको छ ।
कम्पनिले आइतबार कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणको त्रास र सरकारले सुरक्षाकालागि गरेको लकडाउनलाई मध्येनजर गरी आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै सेवा प्रदान गर्न सो सेवा संचालनमा ल्याएको जनाएको छ ।
यस सेवामा म्याचुरिटी समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याचुरिटी क्लेम गर्न सक्नेछन् । जस अनुसार म्याचुरिटी क्लेमको प्रकृया अघि बढाउने कम्पनिले जनाएको छ ।
त्यसैगरी, ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत बीमितहरुले अनलाइन मार्फत नेपाल लाइफको वेभसाइटमा दाबी सम्बन्धि जानकारी दिन सक्नेछन् । कम्पनिले आफ्ना अभिकर्ता तथा सेवा ग्राहिको काम कार्वाहिलाई सहज बनाउनकालागि लकडाउन अवधिभरकालागि ‘भर्चुअल अफिस’ को अवधारणालाई अङ्गिकार गर्दै घरबाट नै सेवा प्रदान गर्ने गरी कर्मचारीहरुलाई समेत निर्देश गरेको छ ।
यसका साथै, कम्पनिले बिमितहरुलाई यस बिषम परिस्थितिमा बीमा सम्बन्धि जानकारी लिनु परेमा मोवाइल नम्बर ९८५११७१५७८ मा डायल गरी उमापति पोखरेल वा मोवाइल नम्बर ९८५११५९३७९ मा कल गरी दिग्बिजय सिंघल लाई सिधा सम्पर्क गर्न सकिनेछ । आफुलाई पायक पर्ने नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख अथवा शाखा प्रमुख वा उपशाखा प्रमुखलाई सम्पर्क गरेर पनि जानकारी लिन सकिने ब्यवस्था कम्पनिले मिलाएको छ ।
ओरियन्टेशन भिडियो ट्युटोरियल …
सफल नेपाल