लकडाउनमा बाहिर निस्कदा के महामारी राेकिएला र ?

एक पटक देशमा ठूलो महामारीका कारण थुप्रै मानिसहरू मर्न थालेछन् । त्यस देशको राजाले महामारी राेक्न निकै प्रयास गरे पनि सफल भएनछन् । त्याे घटनाले दु:खी बनेका राजा भगवानसामु प्रार्थना गर्न लाग्छन ।

अकस्मात् एउटा आकाशवाणी सुनिन्छ “हे राजा, महामारी राेक्ने हाे भने तिम्रो राजधानीमा रहेकाे पुरानाे इनारमा औँशीको रातमा सबै घरबाट एक एक बाल्टिन दूध हालिदिनू, यसाे गरेमा महामारी राेकिन्छ र मानिसहरू मर्न राेकिनेछ ।”

राजाले सबै जनताको घरबाट औँशीको रात इनारमा एक बाल्टिन दूध हाल्नै पर्ने उर्दी लगाउँछ । त्यस देशमा एउटा कञ्जुस बूढाे पनि थियो । अरू सबैले दूध हालिहाल्छन्, म एक जनाले पानी हाल्दा केही फरक नपर्ला भनेर औँशीको रातमा ऊ दूधकाे सट्टा पानी लिएर जान्छ र इनारमा पानी खन्याउँछ ।


भाेलिपल्ट महामारी राेकिन्छ र मानिसहरू मर्न कम हुन्छ भन्नेमा राजा आशावादी थिए तर कम हुनुकाे साटाे महामारी झन झन् बढ्याे । आकाशवाणी झूठो हुँदैनथ्याे,के अचम्म भएको हाे भनी बुझ्न राजा इनारमा हेर्न पु्ग्छन् । इनारमा त एक बुँद पनि दूध रहेनछ, पानीले मात्र भरिएको रहेछ।

अब राजाले बुझ्छ कि महामारी किन नरोकिएको रहेछ ।
वास्तवमा म एकजनाले इनारमा दूध नहालेर के हुन्छ र, अरूले हालिहाल्छन् भन्ने भावना सायद सबै देशवासीकाे मनमा आएछ ।

यस कहानीमा उल्लेख भएकाे घटना कहीँकतै हाम्रो परिवेशमा जानीनजानी घटेकाे हुनसक्छ । सरकारले महामारी नियन्त्रण गर्न घरबाहिर ननिस्कनू भनी आदेश दिँदै गर्दा म एक जनाले नगरेर के फरक पर्ला र भन्दै विद्यमान् लकडाउन उल्लङ्घन गर्दै बाहिर निस्कदा के महामारी राेकिएला र ? बेलैमा साेचौँ है ।

With three new cases of coronavirus, Valley police get stricter with lockdown
लक डाउनमा काडमाडौंको सडक अनि सडकमा प्रहरीको बाक्लो उपस्थिति

हाम्रैलागि लगाईएको लक डाउन पूर्ण रुपमा पालन गरौं किनकी जीवन अमूल्य छ । बिषाणुले कसैलाई चिन्दैन अनि महामारीले कसैलाई छाड्दैन । त्यसैले हामी सबै घर बसौं अनि सुरित रहौं ।

 जनचेतनाको लागि हाम्रो सफल प्रयास…


ताजा खबर